Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

पूर्व मीस नेपाल श्रृंखलाको सकियो पढाइ, नयाँ प्रेमीसँगै आइन् खतिवडा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १७
पूर्व मीस नेपाल श्रृंखलाको सकियो पढाइ, नयाँ प्रेमीसँगै आइन् खतिवडा

काठमाडौं । पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् ।

टर्किस एअरको उडान नम्बर टीके ७२६ मा मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् ।

काठमाडौं विमानस्थलमा उत्रँदा सेतो कोटमा देखिएकी खतिवडाले खैरो क्याप लगाएकी थिइन् । उनी सम्भवको हात कसिलोसँग समातेर हँसिलो मुद्रामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिएकी थिइन् ।

पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ ।

उनका पिता तथा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री विरोध खतिवडा दुई साताअघि छोरी भेट्न अमेरिका पुगेका थिए । यसअघि श्रृंखलाको नाम हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।

त्यस्तै सम्भवको नाम औपचारिक रुपमा श्रृंखलासम्म आइपुग्दा धेरै जनासँग जोडिएको बताइन्छ ।

 

Top Changing Nepal

युट्युब सट्स