काठमाडौं । पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् ।
टर्किस एअरको उडान नम्बर टीके ७२६ मा मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् ।
काठमाडौं विमानस्थलमा उत्रँदा सेतो कोटमा देखिएकी खतिवडाले खैरो क्याप लगाएकी थिइन् । उनी सम्भवको हात कसिलोसँग समातेर हँसिलो मुद्रामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिएकी थिइन् ।
पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ ।
उनका पिता तथा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री विरोध खतिवडा दुई साताअघि छोरी भेट्न अमेरिका पुगेका थिए । यसअघि श्रृंखलाको नाम हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।
त्यस्तै सम्भवको नाम औपचारिक रुपमा श्रृंखलासम्म आइपुग्दा धेरै जनासँग जोडिएको बताइन्छ ।