भारतीय गायक तथा र्यापर हनी सिंहलाई ज्यान मार्ने धम्की
एजेन्सी । भारतीय गायक तथा र्यापर हनी सिंहलाई ज्यान मार्ने धम्की आएको छ । अहिले क्यानाडामा रहेका ग्याङस्टार गोल्डी बरारले र्यापर सिंहलाई ज्यानको धम्की दिएका हुन् ।
आज तकका अनुसार गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ ।
गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए ।
हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै हिट गीत र रयापबाट पहिचान बनाएका हनी लागुऔषधको लतमा फँसेका थिए । त्यसपछि उनलाई बाइपोलर डिसअर्डर भएको थियो ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
