Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले दायर मुद्दा साम्राज्ञीले जितिन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २९
१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले दायर मुद्दा साम्राज्ञीले जितिन्

काठमाडौं । अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ ।

गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् । केसीसाम्राज्ञी ले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । त्यसवेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो ।

केसी र शाह वाक युद्धमा उत्रिएका थिए । केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

Top Changing Nepal

युट्युब सट्स