‘ऐंचो पैँचो’ को ट्रेलर हेरेपछि प्रेम आलेले भने- “म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ”
काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैँचो’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक कथा वस्तुलाई देखाइएको छ ।
राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
कृषा चौलागाईंद्वारा निर्देशित यो चलचित्रको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताए ।
उनले आफू पनि चलचित्रमा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथा वस्तुमा राम्रो बनेको बताए । चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउने छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

