Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

७२ वर्षीय वृद्धद्वारा खुकरी प्रहार, श्रीमती र नातिनी घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, ८
७२ वर्षीय वृद्धद्वारा खुकरी प्रहार, श्रीमती र नातिनी घाइते

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन् । आइतबार राति ११ बजेतिर झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले घरायसी विवादमा खुकुरी प्रहार गर्दा ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षकी नातिनी सुहाना कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

अत्यधिक रक्तश्राप भइरहेको अवस्थामा घरमा फेला परेका उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरेका थिए । घाइते दुवै जनाको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोहनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Changing Nepal

युट्युब सट्स