हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका तीन वटै सडक एकैपटक बन्द
काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द भएका छन्। सडक स्तरोन्नतिका लागि भन्दै सडक बन्द गरिएको छ ।
हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ ।
त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ । यी सडकको विकल्पमा हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–मार्खु–चित्लाङ–थानकोटको बाटो प्रयोग गर्न इन्द्रसरोवर गाउँपालिकाले भनेको छ ।
त्यस्तै, कान्तिलोकपथको बाटो पनि विकल्पमा प्रयोग गर्न गाउँपालिकाले भनेको छ । कान्तिलोकपथ सडक हेटौँडाबाट ललितपुरको ठिंगन–तीनपाने–चापागाउँ हुँदै सातदोबाटो निस्कन्छ ।
गएको वर्ष फागुन १ गतेदेखि मर्मतका लागि भनेर हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं सडक दुई महिना बन्द गरिएको थियो । यसअघि पनि मर्मतसम्भारका नाममा यी सडकहरु बन्द हुँदै आएका छन् ।
हेटौँडा–काठमाण्डौ जोड्ने तीन वटा सडक एकै पटक बन्द हुँदा यातायात व्यवसायी तथा चालकहरुले हैरानी खेप्नुपरेको छ । अहिले यी मर्मत गर्दै गरेका बाटोको विकल्पमा कान्तिलोकपथ प्रयोग गर्नु उचित हुने जानकार बताउँछन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

