काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा विनोदले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् ।
विनोद कोच मिलन नेवारको टिमबाट फाइनलमा पुगेका थिए । राजेश पायल राईको टिमबाट मकरबहादुर योन्जन फस्ट रनरअप र टिम उदय सोताङका कुमार प्रयास राई सेकेण्ड रनरअप भए ।
यस्तै टिम प्रमोद खरेलका नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो । जितसँगै विनोदले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।