Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

६९ औँ फिल्मफेयर : रणवीर कपुर र आलिया भट्टले जिते अवार्ड, ‘12th फेल’ उत्कृष्ट फिल्म

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १५
६९ औँ फिल्मफेयर : रणवीर कपुर र आलिया भट्टले जिते अवार्ड,  ‘12th फेल’ उत्कृष्ट फिल्म

एजेन्सी । भारतको प्रतिष्ठित ६९ औँ फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ । गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ ।

फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरे बापत उनले यो अवार्ड पाएकी हुन् । यस्तै रणवीर कपूरले फिल्म ‘एनिमल’मा गरेको अभिनयका निम्ति उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

यसैगरी ’12th फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । यही फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

Top Changing Nepal

युट्युब सट्स