फर्जी कागजात तयार गरेर ९ करोड ऋण, फरार एक जना पक्राउ
काठमाडौं । फर्जी कागजात तयार गरेर ऋण लिई क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ९ करोड रुपैयाँभन्दा बढी हानी पुर्याएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका ६ बस्ने ६७ वर्षीय रामभक्त थापा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार थापाले कम्पनीका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी काभ्रे ब्रोइलर सप्लायर्स नामक निजी फर्मको कागजात तयार गरी आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । उनले सो कर्जा दुरुपयोग गरी कम्पनीलाई ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ ७४ पैसा बिगो बराबर हानी पुर्याएका थिए ।
यस बैंकिङ कसुर मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५(२) (घ) बमोजिम ३ वर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार रही उक्त सजाय बेरुजू रहेको थियो ।
सीआईबीको टोलीले थापालाई शुक्रबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

