गिनिज बुकमा अमिताभदेखि साहरुखका यस्ता अचम्मका रेकर्ड
एजेन्सी । बलिउडका नायक–नायिका आफ्नो स्टारडमका कारण विश्वभर चर्चामा छन् । उनीहरुले नाम र दाम मात्र कमाएका छैनन्, अचम्मलाग्दा रेकर्ड पनि बनाएका छन् । उनीहरुले बनाएको रेकर्ड ‘गिनिज बुक’मा पनि उल्लेख छ ।
अमिताभ बच्चन – चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकन जोधपुरमा चलिरहेको समयमा अमिताभ बच्चन बिरामी परेका थिए । तर, बिरामी पर्दा भने उनले चलचित्रको छायांकनलाई निरन्तरता दिए । उनले, आफ्नो सेड्यूल पुरा गरेका थिए । यहीकारण उनको नाम विश्व रेकर्डमा उल्लेख छ ।
साहरुख खान – बलिउडका वादशाह मानिने साहरुख खानको फ्यानको कारणले मात्र होइन, सर्वाधिक कमाइका कारण पनि चर्चामा रहन्छन् । उनले सन् २०१३ मा २२० करोड रुपैया आम्दानी गरेका थिए । यहीकारणले उनको नाम ‘गिनिज बुक’मा उल्लेख गरिएको छ ।
सोनाक्षी सिन्हा – सन् २०१६ मा सोनाक्षी सिन्हाले आफ्नो नाम गिनिज बुकमा उल्लेख गरेकी थिइन् । उनले सो समयमा एक कस्मेटिक प्रतियोगीतामा भाग लिएकी थिइन् । उनी नङ रंगाउने प्रतियोगीतामा सहभागी भइन् र गिनिज बुकमा नाम लेखाउन सफल भइन् ।
अभिषेक बच्चन – एकैदिनमा ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेर बलिउड नायक अभिषेक बच्चनले गिनिज बुकमा नाम लेखाएका छन् । आफ्नो चलचित्र ‘दिल्ली’को प्रमोशनका क्रममा प्राइवेट जहाजको माध्यमबाट ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेका थिए । उनले सो समयमा १८ सय किलोमिटर दुरी तय गरेका थिए ।
कट्रिना कैफ – नायिका कट्रिना कैफले सन् २०१३ मा सर्वाधिक कमाई गरेर गिनिज बुकमा नाम लेखेकी थिइन् । उनले, यो साल ६३।७५ करोड कमाएकी थिइन् ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
