काठमाडौं । भक्तपुर, मध्यपूर ठिमी नगरपालिका-९ निकोसेरास्थित हिमालयन टोल डेरा गरी बस्ने ओखलढुगा मानेभन्जायाङ गाउँपालिका-२ घर भएका पेसल दाहालको कोठाबाट साढे ४ तोला बराबरको सुनको गहना र ५ तोला बराबरको चाँदीको गहना गरी करिब ४ लाख ५८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्यूठान, गौमुखी गाउँपालिका-२ पिपलबोट बस्ने धन बहादुर थापाको किराना, फेन्सी, खाद्य पसलबाट कोही नभएको अवस्थामा नगद, रिचार्ज कार्ड गरी करिब ३ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।





