प्रसूति गृहबाट शिशु चोर्ने महिला सैनिक जवानकै श्रीमती
काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काँडाघारीबाट सकुशल उद्वार गरिएको हो ।
प्रहरीले शुक्रबार रातिनै शिशु चोर्ने महिला दैलेखकी मनीषा भनिने मनकुमारी सिंहलाई पनि पक्राउ गरेको छ । उनले शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु लिएर फरार भएकी थिइन् । प्रहरीस्रोतका अनुसार सीसिटिभी फुजेट पछ्याउँदै महिलाको डेरासम्म पुगेका प्रहरीलाई महिलाले सुरुमा बच्चा आफ्नै रहेको ढिपी गरेकी थिइन् । तीनपटकसम्म बच्चा खेर गएपछि अस्पतालबाट शिशु चोर्ने आयोजना बनाएकी उनी कोठामा सुत्केर जस्तै बनेर बसेकी थिइन् ।
शिशु चोर्ने महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ । महिलासहित उनका श्रीमान र बहिनीलाई पनि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ । चोरीमा श्रीमानको भूमिका भने नदेखिएको प्रहरी स्रोतको भनाई छ ।
शिशु चोरी भएको भन्दै काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपनमा बस्दै आएकी सविना श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएपछि घटना बाहिर आएको हो। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
