• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • ९ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • ९ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १३ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १४ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १४ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १५ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ

जानकारी केन्द्र २०८०, फाल्गुन, १३
काठमाडौं । देशका विभिन्न ठाँउबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बताए अनुसार बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिक-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै गरेर रौतहट, गुजरा नगरपालिका-४ लाल बकैया खोला वाँधबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित बारा करैयामाई गाउँपालिका-१ हरैया टोल बस्ने ३५ वर्षीय हबिब अंसारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट  र प्रहरी चौकी हरिनगरबाट खटिकएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकल सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको नेपाल प्रहरीले बताएको छ ।
 प्रहरीले बताए अनुसार कञ्चनपुर, पूनर्वास नगरपालिका-६ ङ गाउँ मनकामना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र सोही उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ७४४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ। यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्रामसहित बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु रावत कुर्मीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले साईकलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन ८ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय थाम बहादुर विक र २४ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थाम बहादुरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा अर्जुन बिकको संलग्नता खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै गरेर काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित काभ्रे कानपुर घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशी गाउँ बस्ने २७ वर्षीय कर्म लामा समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले बताए अनुसार बर्दिया, गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यसैगरी बागलुङ, निसीखोला गाउँपालिका-२ कान्छी बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ११ किलो र गाँजा ६७ किलोसहित बडिगाड गाउँपालिका-८ भेडीखोर बस्ने २७ वर्षीय प्रेम बोहरा समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको  छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी जुग्जाखोलाबाट खटिएको प्रहरीले ध.१ च १२६१ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा चालक बोहरा र गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.