मानव बेचबिखन गर्ने कार्यमा संलग्न मिया पक्राउ
काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको छ ।
पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको प्रहरीले जनाएको छ ।
मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

