अमेरिकी राजदूत लिएर सांसद बजगाईं मनास्लु हिमशिखरको निरीक्षणमा
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको निरीक्षण भ्रमण गरेका छन्। गोरखा–१ का प्रत्यक्ष निर्वाचित सांसद तथा कांग्रेस नेता राजेन्द्र बजगाईंपनि राजदूत थम्प्सनसँगै भ्रमणमा थिए । सो क्रममा आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र बारपाक पनि पुगेको सांसद बजगाईंले जनाएका छन् ।
भ्रमणको क्रममा मनास्लु हिमालवरपर जलवायु परिवर्तनबाट स्थानीय जनजीवनमा परेको असर र पर्यटनका विकासका सम्भावनाहरूबारे स्थानीसँग अन्तरक्रिया गरिने पनि उनले जनाएका छन् । भ्रमण दलमा अमेरिकी दूतावासमा राजनीतिक विभागमा कार्यरत रोजी कट्टेलपनि छिन् । भ्रमणको तस्विर सार्वजनिक गर्दै सांसद बजगाईंले फेशबुकमा लेखेका छन्–
महामहिम अमेरिकी राजदूत डीन थम्सन र भ्रमण दल संग म आज मेरो निर्वाचन क्षेत्र उत्तरी गोरखाको भूगोल धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको निरीक्षण भ्रमणमा आएको छु र क्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र साविकको हाम्रो निर्वाचन क्षेत्र मेरो गाउँ बारपाक आएको छु। यो निरीक्षण भ्रमणमा गोरखा जिल्लाको उत्तरी भूगोल मूलरूपमा मनास्लु हिमाल वरपर जलवायु परिवर्तनबाट स्थानीय जनजीवनमा के कस्तो असर गरेको छ, र पर्यटनका विकासका सम्भावनाहरू के के छन् भनेर स्थानीय नागरिक संग संवाद गरिने छ। भ्रमणको क्रममा महामहिम र भ्रमण दलले पौराणिक तथा साहसको प्रतीक गोरखा दरबारको निरीक्षण अवलोकन गर्ने कार्यक्रम राखिएको छ। निरीक्षण भ्रमणमा उत्साहपूर्वक सरिक भैदिनु भएकोमा अमेरिकी दूतावास प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।


सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
