वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् ।
सम्भव भए आज साँझ सम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
