मानिस प्रेममा पर्नुको मनोवैज्ञानिक कारण यस्तो छ
काठमाडौँ । जब सामान्य मानिसले प्रेमको बारेमा सोच्दछ, यसमा कुनै वैज्ञानिक दृष्टिकोण हुँदैन । तर वैज्ञानिकहरुका लागि भने कुनै मानिस प्रेममा पर्नु एउटा सोचाइ मात्र नभएर कुनै न कुनै प्रकारको विज्ञान समेत जोडिन्छ ।
वैज्ञानिकहरुका अनुसार प्रेमको अनुभवलाई रसायन विज्ञानको मद्दतले बुझ्न सकिन्छ । आज हामी तपाईलाई मानिस प्रेममा पर्नुको पछाडिको वैज्ञानिक कारणबारे जानकारी दिँदैछौँ ।
प्रेममा पर्नुको वैज्ञानिक कारण
इच्छाशक्ति
जब तपाईंको भेट त्यो व्यक्तिसँग हुन्छ, जसले तपाईको ध्यान आफूतिर आकर्षित गर्न सक्छ । तब तपाई प्रेममा पर्न सक्नुहुन्छ । विभिन्न अध्ययनहरुका अनुसार यौन इच्छा उत्पन्न गर्ने हर्मोनका कारण यो चरण शुरु हुन्छ । मानिसमा एस्ट्रोजेन र टेस्टोस्टेरोन जस्ता हर्मोनहरुको उत्पादन बढ्दै जाँदा यौन सम्भोग र प्रजननको लागि माग प्रदान गर्दछ । मानिसमा प्रेममा पर्ने इच्छा जाग्न थाल्छ ।
रोमान्टिक जोस
यो चरणमा तपाइलाई आफ्नो मन परेको मान्छेको नजिक पुग्ने तीव्र इच्छा महसूस गर्नु हुनेछ । यो चरणमा मानिसले राम्रोसँग सोच्न सक्दैन र जोशको वस्तुलाई आदर्श बनाउन थाल्छ ।
यो अवस्था खासगरी मानिसको शरिरमा हुने सिरोटोनिन, डोपामाइन र एड्रेनालाइन रसायनको मिसावटका कारण हुने गर्छ ।यस्तै कहिलेकाहीँ कसैले कसैलाई छुँदा पनि प्रेममा पर्न सकिन्छ ।
सामान्यतया कसैले कसैलाई छुँदा वा मनपरेको वस्तुलाई स्पर्श मानिसको शरीरमा अक्सिटोसिनका साथै डोपामाइन समेत उत्पादन हुने गर्दछ । मानिस त्यो वस्तुप्रति आकर्षित हुन्छ र गहिरो प्रेममा पर्न सक्छ ।
यस्तै, विभिन्न अध्ययनहरुले प्रेममा पर्नमा कुनै स्नेहको वस्तुको आवाज सुन्दा उत्पन्न रोमान्टिक प्रेम भावनाहरू पनि सहयोगी हुन्सक्ने देखाएको छ ।
जस्तैः दुई व्यक्तिहरूबीच समान अर्थ भएका गीतहरूसँगै गाउँदा एक अनुकूल प्रतिक्रिया उत्पन्न गर्न सक्छ । जसकारण एकले अर्काको बारेमा सोच्न बाध्य गराउँछ । मानिस गहिरो प्रेममा पर्न सक्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
