पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् ।
फिल्मको प्रचार प्रसारमा पल शाह नदेखिएपछि फ्यानहरुले उनको भूमिकाको विषयमा प्रश्न उठाएका छन् । फ्यानको प्रश्नको जवाफ दिदै पलले सामाजिक संजाल मार्फत फिल्ममा आफ्नो भूमिका छोटो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् । साथै उनले आफु अर्को फिल्मको छायांकनमा व्यस्त रहेकोले प्रचार प्रसारमा सहभागी हुन नपाएको बताएका छन् ।
उनले भनेका छन्-
मैले अभिनय गरेको पछिल्लो र मेरो लागि निकै महत्त्वपूर्ण रहेको चलचित्र ‘पुजार सार्की’ को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेर यहाँहरूले दिनुभएको मायाबाट म नतमस्तक छु। ट्रेलर सार्वजनिक कार्यक्रम भव्य भएको थियो । म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनमा जनकपुर र सरलाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु । मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।
मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’ मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ । निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
