Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३१
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

बागलुङ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भइ हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैसाख २२ गते कपिलबस्तुकै बाँणगंगा स्थित बनगाई भन्ने स्थानबाट पक्राउ गरेको  प्रहरीले जनाएको छ।

बागलुङ प्रहरीका सूचना अधिकारी बिजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवैजनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो।

Top Changing Nepal

युट्युब सट्स