अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौँ । पोखरा महानगरपालिका-३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६ वर्षीय किरण पौडेल र सोही महानगरपालिका-३२ गगनगौडा बस्ने २४ वर्षीय सन्देश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्की, २१ वर्षीय दिपक कार्की र २७ वर्षीय कुश कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको टोलीले उनीहरूको घर तलासी गर्दा नबिनलाई अवैध लागूऔषध चरेश १ सय ९५ ग्राम, दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्राम र कुशलाई १५ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय मिलन तामाङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम सुनारसहित ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरू उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-१ मेवाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० ग्रामसहित फुङलिङ नगरपालिका-३ बस्ने ३० वर्षीय सुवास चन्द्र दाहाल र २५ वर्षीय योगेश भारतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले पाँचथरबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्र.१-०३-००१ प २६१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० चकमेलीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाटलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
