ओझेलमा सर्लाहीका पर्यटकीय क्षेत्र
सर्लाही । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरु भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।
पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसारका लागि बर्सेनी बजेट विनियोजन भएपनि स्थानीय तह आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चुकेका छन् । स्थानीय तहले संरक्षणमा चासो नदिँदा पर्यटकीय स्थल ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।
मधेश प्रदेश कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको थूम्को प्रचार प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।
कुनै समय युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने थूम्को स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् । थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् ।
यस्तै अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका ४ फरहदवास्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ । राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा दर्शनार्थी पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको छ ।
यी क्षेत्रको संरक्षण एवम् व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । यसका लागि स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले संरक्षण र प्रचारमा जोड दिनु आजको आवश्यकता बनि सकेको छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

