होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेशको पर्यटन पर्वद्वन अभियान वारावाट शुभारम्भ
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ गरेको हो ।
सनिवार एक कार्यक्रमको विच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भैइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।
सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर अवलोकनका हिसावले त्याँहा भन्दा बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।
यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी माहासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो वढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।
होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र विकासमा परिचालन हुनुपर्ने वताउदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उन्को भनाई छ ।
माहासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरि हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना वनाएको छ ।
वाराको जितपुर सिमरा उपमाहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमवाट उत्साहित भएका व्यवसायीहरु निजि लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन । पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भुमिका रहने वताउदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा बिस्वस्त दिलाए ।

सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

