Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

सुनको सिक्री लुटेर भागेका युवक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ७
सुनको सिक्री लुटेर भागेका युवक पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने राधेश्याम साह रहेका छन् ।

२० वर्षीय साहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।

सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स