अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
काठमाडौं । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका-५ घर भएका २१ वर्षीय करण तामाङ गोले रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ, मोटरसाइकल २ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, एटिएम कार्ड १५ थान, बैंकको चेकबुक १२ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि विभिन्न प्रलोभन देखाउनुको साथै अनधिकृत रूपमा ईसेवा आईडीमा समेत पहुँच पुर्याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा १६ लाख ५९ हजार रूपैयाँ रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी खुल्न आएको छ ।
सञ्जय र करणले हालसम्म Binance App मार्फत १० करोड ९५ लाख ४२ हजार ५ सय २७ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
