चोरीमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं गोकणेश्वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालकलाई उनकै डेरा कोठाबाट आइतबार राति भाग्यराम समेतका व्यक्तिहरूले हामी सादा पोसाकका प्रहरी हो तपाईंको पसल अनुसन्धान गर्न आएका हौं भनि कुटपिट गरी पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरी फरार भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भाग्यरामलाई काठमाडौं गोकणेश्वरबाट चोरी गरी लगेको केही सुनका गरगहनासहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको छ । डाँका तथा चोरीमा संलग्न अन्य ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
