सर्लाही । सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा सजाय पाइ फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका ८ का दिनेश मण्डल धानुक र सर्लाहीकै रामनगर गाउँपालिका २ धुर्वा गाउँका रामबाबु राय रहेका छन् । धानुकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका थिए । यसैगरी यादव ज्यान मार्ने उद्योगमा पन्ध्र हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् । दुवै जना फरार थिए ।