सुनसरीमा स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद
जानकारी केन्द्र
२०८१, जेष्ठ, २०
सुनसरी । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हो।
साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ । उनलाई राजस्व अनुसन्धानको कार्यलय इजहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
