उपचारको नाममा भारतीयद्दारा ठगी धन्दा जारी
सञ्जय मिश्रा
रौतहट। भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ। रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो।
बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई गरेको गिरोहले कटहरिया नगरपालिका- ५ स्थित एकजना स्थानिय महिला र एकजना पुरुष लाई दलालको रूपमा परिचालन गरेका थिए। उनीहरू गाउँमा असाध्य रोग लागेका बिरामीलाई भेटेर प्रियंकाले दिने औषधिले बिना डाक्टर सबै रोग निको हुन्छ भनेर प्रचारप्रसार गर्दै आएका थिए।
भारतीय महिला प्रियंकाको नेतृत्वमा आउने गिरोह कटहरिया स्थित खाने पानीको कार्यालय छेउमा एउटा घर भाडामा लिएर प्रत्येक बिहीवार त्यहाँ दर्जनौं बिरामीलाई जम्मा गरेर उनीहरू लाई भ्रमित हुने गरी भाषण दिएर प्रभावमा पार्ने गरेका थिए। प्रियंकाले आफू बिरामीहरुलाई निको पार्ने संकल्प लिएर अहिलेसम्म बिहे नगरी घरबाट तपाईँहरुको सेवामा लागेको छु बताऊँदै आएकी छिन् ।
एकजना बिरामीका अभिभावक सर्फलाल महतोका अनुसार प्रियंकाले डीएक्स एन फार्मा कम्पनी मलेसिया र भारत हैदराबादबाट उत्पादित औषधिले जुन सुकै रोग निको हुन्छ यसमा डाक्टर चाहिँदैन भनेर जनही ५ देखि १० हजार रुपैयाँ उठाएर केही औषधि सेवनका लागी दिने गरेका थिए।
प्रियंकाकै कुराको भरमा आमाको लागी ७ हजारको औषधी किनेर ठगिएको महतोले बताए। कटहरिया ५ मा मात्र ७५ जना बिरामी लाई उक्त गिरोहले कैयौं महिना देखी उपचारको नाउँमा लाखौं रुपैयाँ ठगेको महतोले बताएका छन्।
स्थानिय दलालसँग नम्बर लिएर भारतीय महिला प्रियंकासँग न्युज कारखानाले कुरा गर्दा तपाईँ बिरामी खोज्नुस , अन्य दलाल सरह मासिक तपाईँको खातामा पनी पैसा पठाउने बताएकी थिइन्।
हामी जोडेको कम्पनीको औषधि को लागि डाक्टर चाहिँदैन, सबै रोग निको हुन्छ, सामान्य जानकारी चाहियो भने बैरगनिया आउनुस, बिस्तृत जानकारीको लागि मंगलवार सीतामढी आउनुस त्यहाँ गुरुजी आउनु हुन्छ भनेकी थिइन्।
यही सन्दर्भमा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जानकारी गराउँदा उनको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको टोलीले उपचारको नाउँमा ठगि गर्ने भारतीय गिरोह लाई भगाएको थियो।
गिरोहको केही महिलाहरुले भारतीय सहर बैरगनियाबाट लागिरहेको डीएक्स एन फार्मा कम्पनीको औषधी गौर भन्सार नजिकै प्रहरीले बरामद गरेको थियो। बरामद औषधी नेपालमा दर्ता नरहेको औषधी ब्यवस्था बिभाग बिरगंजले बताएपछि आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय ले बताएका छन्।
यसरी उपचारको नाउँमा कटहटियामा हुनेगरेको ठगी धन्दा न्युज कारखाना र प्रहरीको सक्रियताले बन्द भएको छ । ठगी गिरोह आउन छोडेका छन्।तर जिल्लाको अन्य क्षेत्रमा पनि यस्तो गिरोह सक्रिय भएर गाउँ गाउँमा स्थानिय लाई दलाल बनाएर सैयौं नेपाली लाई उपचारको नाउँमा ठगी रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उपचारको नाउँमा भारतीय बाट भईरहेको ठगी नियन्त्रण गर्न प्रहरी प्रशासन संगै जनप्रतिनिधि र नागरिक समाजको ध्यान जान जरुरी रहेको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
