युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, मंसिर, २
तिलोत्तमा । रुपन्देहीमा युवाहरूबीच कुटपिट हुँदा एक जनाको निधन भएको छ। आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु शाहनीको शुक्रबार राति मृत्यु भएको हो।
मदिरा सेवन गरी झगडा हुँदा भतिजा २१ वर्षीय अजय शाहनी, २२ वर्षीय सुरज कहार र २९ वर्षीय राजकुमार कुर्मीले राजुमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका शाहनीलाई भिम अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीद्ये जनाएको छ।
कुटपिटमा संलग्न ३ मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

