मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन, कसलाई कति ?
काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति -गठन_ आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो ।
उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।
स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पांग्रेलाई प्रतिघण्टा रु २० र दुई पांग्रेलाई १० तोकिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक ) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

