फोहोरलाई मोहर वनाउने बर्दिवासको योजना ७ बर्षपछि कार्यान्वयनमा
महोत्तरी । स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ ।
अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर वनाउने उदेश्य लिएर सम्झौता गरेको सात बर्षपछी हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीले औपचारिकरुपमा फोहोरलाई मोहर वनाउने प्रक्रिया आजदेखि सुरु गरेको हो ।
बर्दिवास शहरवाट निस्केको फोहोरलाई सागरनाथ वन परियोजनाको जंगलभित्र डम्पिङ साईट वनाएको भन्दै चर्को आलोचना वनिरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पुरानो सम्झौतालाई कार्यान्वयनमा ल्याएका छन् ।
पारम्भिक चरणमा कम्पनीले दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना गरेको छ । बर्दिवासको मात्र फोहोर व्यवस्थापन गर्न यो इन्सिनेटर पर्याप्त वन्नेछ । हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीका निर्देशक सुरेन्द्र साहका अनुसार नगर क्षेत्रवाट अहिले ३ देखि ४ टन फोहोर निस्कने गर्दछ ।
ठुलो इन्सिनेटर मेसिन ल्याएपछि यो फोहोर पर्याप्त नहुने र कम्तिमा ३ देखि ४ वटा पालिकासँग थप सम्झौता गर्नुपर्ने निर्देशक साहको भनाई छ । अहिलेको इन्सिनेटरवाट निस्कने खरानीलाई समेत किसानहरुले मलकोरुपमा प्रयोग गर्न सक्नेछन् ।
नगरसँग भएको सम्झौताअनुसार कम्पनीले कुल आम्दानीको १२ प्रतिशत मुनाफा नगरलाई हस्तान्तरण गर्नुपर्ने छ । २० बर्षको लागि भएको सम्झौतामा बर्दिवासलाई उत्पादित मल र कम्पोष्ट मलको प्रयोग गरेर हरित बर्दिवास वनाउन समेत कम्पनीले भूमिका खेल्ने उल्लेख छ ।
बर्दिवास नगरपालिकाको मोडल एग्रो भिलेज नजिकै ३ विगाह क्षेत्रफलमा निर्धारण गरिएको प्रसोधन केन्द्रमा थप संरचना वनेसँगै कम्पनीले कम्प्रेसर मेसिन, सेग्रीकेटर मेसिन, कम्पोष्ट स्टोरेज चेम्बर र ठुलो इन्सिनेटर पनि स्थापना गर्नेछ । जस्ले कम्पोष्ट मल, अण्डा राख्ने क्रेकर, रिसईकलका सामानहरु उत्पादन गर्नेछ ।
थप मेसिन जडान गरेपछि दैनिक २० टन फोहोर विसर्जन गर्दै आम्दानी लिन सक्ने कम्पनीले जनाएको छ । तर कम्पनीको कामलाई थप गतिशील वनाउन अघिल्लो स्थानीय सरकारले गरेका सम्झौताको केही बुद्दाहरु संसोधनको आवस्यक रहेको नगरप्रमुख क्षेत्रीले वताए । फोहोरलाई मोहोर वनाउने र सफा, शुन्दर बर्दिवास वनाउने अभियानमा यो महत्वपूर्ण कोशेढुंगा सावित हुने उन्ले विस्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
