• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, मङि्सर ०१, २०८२
आइतबार, मङि्सर ०१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

नेप्सेमा सामान्य अंकको गिरावट

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण

मधेशका २४ र लुम्बिनीको एक स्थानीय तह बजेटविहीन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • ६. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ७. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ८. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ९. कुलमान घिसिङद्वारा हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मेलम्ची आयोजनाको अवरोध हटाउन आग्रह

  • १०. सुनचाँदीको मूल्यमा वृद्धि

‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

काठमाडौं । नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ।

एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन्। ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ।

लुम्बिनी प्रदेशमा कार्यरत् रहेका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन्।

अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे अन्योल छ। शक्तिकेन्द्रसँग ‘तालमेल’ नमिलेका कारण दुईमध्ये को एआइजी हुने भन्नेमा ‘रस्साकस्सी’ चलिरहेको छ। प्रधानमन्त्रीको जोडमा भट्टराईलाई छ भने  गृहमन्त्री केसीलाई एआइजी बनाउन लागिपरेका छन्।

कुँवरले आफ्ना ब्याचमेट कडायतलाई भागबन्डामा एआइजी बनाउने रणनीतिअनुसार तम्तयार राखेका थिए।

यसअघि त्यही रणनीतिअनुसार किरण राणा, केदार ढकाल, भरतबहादुर बोहरा र दुर्गा सिंहलाई एआइजी बनाइसकेका छन्। राणा, ढकाल र बोहरा अवकाशमा गइसकेका छन्।

ढकाललाई बढुवा गर्दा वरियतामा अगाडि रहे पनि कडायतले आपत्ति जनाएका थिएनन्। यदि, ढकाल बढुवा भएका थिएनन् भने डिआइजीमै अवकाशमा जान्थे। एआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाने तथा बढुवा हुने शृंखला अहिले चलिरहेको छ।

आफू अगाडि नै रहे पनि महानिरीक्षक कुँवरले सबैलाई एआइजी बनाइदिने बचन दिएका कारण कडायतले ढकाललाई बढुवाबाट रोकेका थिएनन्।

कुँवर चैतमा अवकाशमा जान्छन्। उनीसँगै अहिले बढुवा हुने एआइजीहरू पनि अवकाशमा जान्छन्। सुदीप गिरी, दीपक थापा र टेकप्रसाद तामाङबाहेक सबै एआइजी अवकाशमा जाने भएका कारण कुँवरले आफ्ना ब्याचमेट अधिकृतहरू ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ रणनीति अख्तियार गरेका छन्।

कुँवरमाथि शक्तिकेन्द्र रिझाएर आलोपालो एआइजी पदको गरिमा नै घटाइदिएको आरोप लाग्ने गरेको छ। उनले पाँच दिन, एक महिनाका लागि भए पनि आफ्ना ब्याचमेटलाई एआइजी बनाएरै छाडेका छन्।

अहिले अवकाशमा गएकी बज्राचार्य सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा विवादमा आएकी थिइन्। सुनकान्डको अनुसन्धानमा ‘मोलाहिजा’ गरेको आरोपमा उनलाई कारबाही सिफारिस नै गरिएको थियो। तर, कुँवरले बज्राचार्यलाई जोगाएका थिए।

बज्राचार्य गत मंसिर १७ गते नै अवकाशमा जान लागेकी थिइन्। तर, उनको पद लम्बिनुमा कागजात मुख्य थियो। उनले कागजातमा उमेर देखाएर एक महिना बढी पद कायम गराएको आरोप छ।

स्मरण रहोस्, यिनै महानिरीक्षक कुँवर, यिनै गृहमन्त्री रमेश लेखकले पोषराज पोखरेल एआइजी बढुवा सिफारिस भए पनि उनलाई फुली लगाउन बञ्चित गराएका थिए।

बढुवा सिफारिस भएर पनि फुली नपाएपछि पोखरेल डिआइजीबाटै अवकाशमा गएका थिए।

पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भएका थिए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि  बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।

गृहमन्त्री लेखक, महानिरीक्षक कुँवरले त्यो सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल  अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।

२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाएका थिए।

लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।

त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना भएको थियो।

यी दुई वटा घटनापछि छोटो समयका लागि एआइजी बढुवाको ‘सिजन’ कुँवरको अवकाशउन्मुख समयमा क्रमिक रूपमा चलिरहेको छ।

अहिले अवकाशमा गएका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य, बोहरासहित भीम ढकाल, केदार ढकाल र भरत बहादुर बोहरालाई मंगलबार एकैपटक बिदाई गरिएको छ। केदार ढकाल मंसिर २२ र भीम ढकाल मंसिर २७ गते अवकाशमा गएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
    नेप्सेमा सामान्य अंकको गिरावट
    नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

    ताजा

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

    नेप्सेमा सामान्य अंकको गिरावट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
    • २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
    • नेप्सेमा सामान्य अंकको गिरावट
    • नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.