मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान
रौतहट। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।
घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक माग्ने र राती राती चोरी गर्ने गिरोह (घुमन्ते) गिरोहका ४ चोरलाई युवाहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बिजयपुरलाई बुझाएका छन।
चोरलाई पछ्याई रहँदा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्।
फतुवा विजयपुर– ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राती करिब १२ बजेको समयमा चोरहरूले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल गरगहना र नगद २ लाख सहित ५ लाख बढीको सामान चोरेर लागेका थिए।
पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै गएका थिए।
खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठ नजिक ४ जना चोरलाई युवाहरुले समातेका थिए। चोरहरुको साथबाट चोरी भएको मोबाइलहरू गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराउँदा त्यहाँबाट गएको टोली चारैजना चोरलाई बुझाएको स्थानीयहरू समाजसेवी राजकिशोर साहले बताएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन्। प्रवक्ता रायका अनुसार सुनको गरगहना, नगद र मोबाईल गरी जम्मा ८ लाख बराबरको सामानहरु चोरी गरी लगेको खवरको आधारमा आज बिहान साढे ३ बजे इप्रका विजयपुरबाट सई ज्ञानेन्द्र कुमार ढकालको कमाण्डमा ९ जनाको टोलीले आरोपी ४ जना लाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा मागीखाई जस्तो देखिने स्थायी ठेगाना नखुलेका बर्ष ६५ को रामायण नट, बर्ष ६० को लक्ष्मण नट, बर्ष ३५ को मनोज नट र बर्ष ३४ को सुनिल नट रहेको उनले बताए ।
उनीहरू बसेकै ठाउँबाट सानो मोबाईल (किप्याड) थान ६, ठुलो मोवाईल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको डिएसपी रायले जानकारी दिएका छन्। आरोपी चारैजना चोरहरु ईलाका प्रहरी कार्यालय विजयपुर नियन्त्रणमा लिएको घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आरोपहरु केही समय देखि फतुवा बिजयपुर ७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए। घरका महिला पुरुष दिनभरि गाउँ गाउँ घुमेर भिख माग्ने गरेका थिए। चारैजना चोर गाउँ गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते गिरोहका रहेको स्थानीयहरूले बताएका छन्।
घुमन्तेहरुले यसरी चोरी गरेको यो पहिलो घटना होईन। यस अघि पनि यस्ता समूह कैयौं पटक चोरीको घटनामा समातिएका छन्।

सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
