शिक्षिकाको कुटाइले ६ वर्षीय बालकको आँखामा गम्भीर चोट, पीडित परिवार न्यायको खोजीमा
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा शिक्षिकाको कुटपिटबाट एक ६ वर्षीय (प्रशान्त चौधरी) बालकको आँखामा गम्भीर चोट लागेको छ । युकेजीमा अध्ययनरत प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा देब्रे आँखाले देख्न नसक्ने गरी चोट लागेको हो ।
बालकका बुवा नरेन्द्र प्रसाद चौधरीका अनुसार चिकित्सकले देब्रे आँखाले स्थायी रूपमा देख्न नसक्ने बताएका छन् । उनले भने, “एक आँखामा गम्भीर चोट लागेको छ, अर्को आँखाले पनि राम्रोसँग देख्न गाह्रो छ । दोषी शिक्षिकामाथि कारबाही हुनुका साथै उपचारको व्यवस्था गरिनुपर्छ ।”
घटना र उपचारको अवस्था
मंसिर १८ गते विद्यालयमा दुई बालकबीच झगडा छुटाउने क्रममा शिक्षिकाले प्लास्टिकको लठ्ठीले पिट्दा बालकको आँखा गम्भीर रूपमा घाइते भएको थियो । घाइते बालकलाई परासी आँखा अस्पताल, भैरहवा र काठमाडौँको तिलगंगा आँखा अस्पतालसम्म उपचारका लागि लगिएको थियो ।
तर, पीडित परिवारले कानुनी प्रक्रिया सुरु गरेपछि विद्यालयले उपचार खर्च रोकिदिएको आरोप लागेको छ । राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार सिविन नेपालको पहलमा हाल बालकको उपचार भइरहेको छ ।
कानुनी प्रक्रिया र शिक्षिकाको फरार स्थिति
बालकका बुवाले मंसिर १९ गते इलाका प्रहरी चौकी सेमरीमा उजुरी दिन गए पनि घटनालाई इलाका प्रहरी कार्यालय बर्दघाट पठाइएको थियो । उपचारपछि बालकको स्वास्थ्य प्रतिवेदन प्राप्त भएपछि मात्र प्रहरीले पुस १६ गते उजुरी दर्ता गरेको थियो ।
पुस १९ गते प्रहरीले जिल्ला अदालत परासीमा मुद्दा दायर गर्दै शिक्षिका सन्जु चौधरीलाई पक्राउ गर्न अनुमति लिएको थियो । तर, शिक्षिका फरार रहेकाले प्रहरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए ।
विद्यालयको धारणा
एच पाठशालाका प्रिन्सिपल सुजित कुमार गुप्ताले घटनालाई दुस्खद भन्दै पीडित बालकको उपचार, निस्शुल्क अध्ययन र भविष्यमा रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालकको आँखामा स्थायी असर परेपछि यो घटना शिक्षा क्षेत्र र बालअधिकारमा गम्भीर लापरवाहीको उदाहरण बनेको छ । पीडित परिवारले न्यायका लागि पहल गरिरहेको छ भने दोषीलाई कानुनी दायरामा ल्याउन सबै पक्षको सहयोग आवश्यक छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
