पोखरामा १५ लाख चोरी गरेर बुटवलको होटल पुगेका युवा-युवती पक्राउ
काठमाडौं । मध्यराति पोखरा महानगरपालिका-८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूलाई बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित होटलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए। साइमन पार्टी प्यालेसमा गत माघ ११ गते राति १ बजे १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो।
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।
पोखरामा चोरीपछि उनीहरू भागेर रुपन्देहीको होटलमा बसेका थिए। होटलबाट चोरी भएको नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको शर्माले बताए।
‘चोरी भएको केही रकम उनीहरूले खर्च गरिसकेको देखिएको छ,’ शर्माले भने।
दुबैलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
