रौतहटका न्यायाधीश केसी बिरूद्द गौरमा स्थानियको प्रदर्शन
रौतहट । जिल्ला अदालत रौतहटका एकजना न्यायाधीशले न्याय नगरेको भन्दै बिरोध प्रदर्शन गरिएको छ। कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई सफाई दिएको भन्दै स्थानीय पीडितहरुले जिल्ला अदालत रौतहटको अगाडी सोमवार प्रदर्शन गरेका हुन्।
स्थानिय यमुनामाई गाउँपालिका–४ बाट दर्जनौँको संख्यामा सोमवार गएका महिला पुरुषको समूहले अदालतको अगाडी जिल्ला न्यायधिस मनोज केसीबिरुद्द प्रदर्शन गरेका छन्।
यमुनामाई गाउँपालिका–४ सरुअठा गाउँका अनुठा गुप्ताको छोरा वर्ष ५२ का राम विनोद गुप्तालाई २०७६ असार ४ गते राती १० बजे गाउँकै एक समूहले मरासन्न हुनेगरी कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिन पछि असार १० गते मृत्यु भएको थियो ।
पीडितको किराना पसलमा उधारो सामान नदिएको रिसमा स्थानिय विन्देश्वरी सिंह, राम किशोर सिंह, रोहित कुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द्र कुमार सिंह, बडाबाबु सिंह , रामविनोद सिंह र निखिल कुमार सिंह मिलेर बिनोद लाई कुटपिट गरी सबै जना फरार भएको मृतकका बाबु अनुठा गुप्ताले बताएका छन्।
मृतकको भाई राजन गुप्ता र उनको श्रीमतिले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह र विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह माथी तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो।
अभियुक्त ७ जना मध्ये रामकिशोर सिंह र रामविनोद सिंहलाई केही १ बर्ष अघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो। तर, उनीहरू दुवैजनालाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।
धरौटीमा छुटेका अभियुक्त दुवैजना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई आईतवार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा जिल्ला न्यायधिस मनोज केसीको ईजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाईको फैसला सुनाएको थियो।
पिडित पक्षको जाहेरीवाला राजन गुप्ता र उनको श्रीमती अनिता देवी आफनो समर्थकसहित सोमवार रौतहट जिल्ला अदालत अगाडी न्याय नभएको विरोधमा नारा जुलुस प्रर्दशन गरेका हुन । पिडित पक्षले आफनो भाईको हत्या गरेको व्यक्तिलाई सफाई दिएकोमा आफु मर्माहित भएको दुःखेसो पोखेका छन्।
घटनाका अन्य ४ जना आरोपी भन्ने हालसम्म फरार रहेको छन्।एकजना नाबालक १३ बर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बिरगंज र पछि अदालतको आदेशमा अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
