गौरीफन्टा सीमा नाकाबाट किशोरीको उद्धार
धनगढी । गौरीफन्टा सीमा नाकाबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ। नेपाल–भारत सीमा नाकामा सशस्त्र सीमा बल एसएसबीले मानव तस्करीको प्रयास असफल पार्दै १६ वर्षीय नेपाली किशोरीको उद्धार गरेको हो।
गौरीफन्टा चेकपोस्टमा प्राप्त सूचनाका आधारमा एसएसबीले बैंगलोर लैजाने तयारीमा रहेका २० वर्षीय युवकलाई पनि नियन्त्रणमा लिएको छ।पक्राउ परेकी किशोरी बझाङकी सोविता सुनार रहेको खुलेको छ भने अभियुक्त युवक सोही जिल्लाका सुशील पार्की रहेका छन्।
अनुसन्धानका क्रममा अभियुक्त नेपालमै अध्ययनरत रहेको पत्ता लागेको छ। किशोरी विगत तीन दिनदेखि घरबाट बेपत्ता रहेको एसएसबीको अनुसन्धानबाट खुलेको छ।
घटनाबारे तत्काल दुवैका अभिभावकलाई जानकारी गराइएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्त युवकलाई नेपाल प्रहरी कैलालीको जिम्मा लगाइएको छ। पीडित किशोरीलाई आमाबुवाको उपस्थितिमा नेपाल एनजीओ पीआरसी लाई बुझाइएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
