भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित
रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन्।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्षमी नारायण साह शुक्रबार बिहान फरार भएका हुन्।
बिहान ६ बजे शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ।
झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा पाँच सय मिटर टाढा पर्दछ। उनी भागेपछि थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ।
मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हतकडीसहित शौच गराउन लागेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ।
साहमाथि झरौखर थानामा एफआइआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। यस्तो एफआइआर मुद्दामा अदालतबाट जमानत नपाइने व्यवस्था रहेको उनले जानकारी दिएका छन्।
बिआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा भारततर्फ लागिरहेकोमा बिहीबार झरौखर चौकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको थियो।
चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभय कुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
