• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित तीन जना बसे नाकामा अनसन

सञ्जय मिश्रा,रौतहट – रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी-साधन आवागमनको माग गर्दै तीन जना मानिस आमरण अनसनमा बसेका छन्।

छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन्।

परोहा नगरपालिका-९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद तजमुल, पूर्वगाविस उपाध्यक्ष ६७ वर्षीय जगतलाल यादव र नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ वर्षीय साहेवलाल साह बुधबार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हुन्।

माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनीहरूको चेतावनी छ। ‘बरू ज्यान जान्छ भने जाओस् तर हामी पछि हट्ने छैनौं,’ अनसनकारीले अडान लिएका छन्।

यसअघि पटक-पटक जिल्ला प्रशासन कार्यालय रौतहटलगायत ठाउँमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै निकायले वास्ता नगरेको कारण बाध्य भएर अनसनमा बस्नु परेको उनीहरूले बताएका छन्।

आमरण अनसनमा बसेका तीन जनाको आन्दोलप्रति दर्जनौं स्थानीय तथा नेताहरूले ऐक्यवद्धता जनाउँदै आएका छन्।

आमरण अनसनमा बसेकाहरूको माग जायज रहेको भन्दै नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमतका जिल्ला इन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठाकुर, माओवादी, मधेसवादी, समाजवादीलगायत दलका दर्जनौं नेता कार्यकर्ता तथा स्थानीयहरूले ऐक्यवद्धता जनाएका छन्।

छोटी भन्सारसँगै चारचक्के सवारी-साधन आवागमनमा रोक लगाउँदा सदियौंदेखि चलिआएको दुई देशबीचको रोटीबेटीको सम्बन्ध प्रभावित भएको उनीहरूले गुनासो गरेका छन्।

२००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसँगै छोटी भन्सार खाप सञ्चालन भएको थियो।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियोर

छोटी भन्सार डेढ दसकअघि बन्द भए पनि चारचक्के सवारी-साधन रोकिएका थिएनन्।

तर, विश्वव्यापी रूपमा चलेको कोरोना महामारीको समयदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ।

पटक-पटक स्थानीयस्तरमा छोटी भन्सार र सानो नाका खुलाउने विभिन्न दलका नेताहरूबाट भएको प्रयास सफल हुन सकेको देखिएन।

रौतहट जिल्लाको २८ किलोमिटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ। २८ किलोमिटर लामो सिमानाको वारि नेपालमा बस्ने हजारौं नागरिक दैनिक उपभोग्य वस्तुको खरिददेखि औषधी उपचार गराउन तथा बिहेवारीमा किनमेल गर्न भारतीय बजार जाने गरेका छन्।

सिमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ। एकातर्फ भारतीय बजार नजिक हुनु र अर्को तर्फ नेपाली बजारभन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाइ छ।

त्यस्तै, भारतीय सीमा सुरक्षा बलले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्तलाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको ठाकुरले जानकारी दिएका छन्।

छोटी भन्सार नखोल्दा तस्करी बढेर राजश्वमा ह्रास आएको छ। भन्सार खोल्ना साथ सरकारको राजस्व सङ्कलनमा पनि वृद्धि हुने आन्दोलनकारीको भनाइ छ। रौतहटस्थित खाप र बनकुलको समेत छोटी भन्सार हाल बन्द रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.