प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पुनरागमनको दिवास्वप्न देखेको टिप्पणी गरेका छन् । शनिवार पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कामले पूर्वराजा हौसिएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने- ‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’
उनले अगाडी भने- ‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।’
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र जोगाउन आफुलाई साथ दिन आग्रह गरेको भिडियो सन्देश जारी गरेपछि राजनीतिक वृतमा तरंग आएको छ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्वराजालाई जेल हाल्नुपर्ने टिप्पणी गरेर विवादमा परेका छन् भने राप्रपाले व्यवस्था नै बदल्न बन्दै विरोध सभा शुरु गरेको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
