• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १४ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १६ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १६ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १६ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १७ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २१ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २३ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

मन्त्रीको क्रसरबाट निस्केका टिपरले फतुवा-विजयपुरमा मच्चाए आतंक, स्थानीयले गुहारे प्रहरी

जानकारी केन्द्र २०८१, फाल्गुन, १५

रौतहट ।  रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत क्रसर उद्योगीको चलेको टिपर आतंकविरूद्ध स्थानीय जुटेका छन्। उनीहरूले टिपर आतंह रोक्न प्रदेश सरकारदेखि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

नगरक्षेत्र अन्तर्गत सञ्चालनमा रहेको तीन वटा क्रसर उद्योगबाट निस्किने दर्जनौं टिपरले आतंक मच्चाएको भन्दै शिवपुजन यादवको नेतृत्वमा स्थानीयले इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीलाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन्।

स्थानीय प्रहरी कार्यालयमा बुझाइएको ज्ञापन पत्र इमेलमार्फत् मधेश प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको स्थानीय यादवले जानकारी दिए। फतुवा विजयपुर-८ बंकुल हिमालिवास रोडमा महालक्ष्मी सैंड वासिङ उद्योग, सोही ठाउँमा सुमुख क्रसर एण्ड वासिङ उद्योग, वडा १०-स्थित माँ कंकाली क्रसर एण्ड वासिङ गरी तीन वटा क्रसर उद्योग सञ्चालनमा छन्।

जंगलछेउका गाउँ राङ्गी, बुटावा, भैंसही र हिमालिबास गाउँनजिकै लाखौं टिपर नदीजन्य सामग्री उद्योगहरूले भण्डारण गरी राखेका छन्। दैनिक बिहान ३ बजेदेखि सोही भण्डारण र लालबकैया नदीबाट चोरीलुकी ३० वटा टिपरमा मिक्स ग्रेभल ओभरलोड गरी तीब्र गतिमा राति ९ बजेसम्म तीन वटै उद्योगमा ढुवानी गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

‘यसरी ६ वर्षदेखि उद्योगीहरूले मिक्स ग्राभल ढुवानी गर्दै आएको सर्वविदितै छ। वडा-११ सहिद चौक बजार हुँदै उद्योगसम्म दैनिक अनियन्त्रित रूपमा कुदिरहेको ओभरलोड टिपरको भारले मुख्य सडकको कैयौं स्थानको कालोपत्रे ग्राभलमा परिणत भएको छ। तीब्र गतिमा हिँड्ने टिपरले बाटोमा उडाएर अँध्यारो बनाउने गरेको कारण अन्य सवारी साधन चलाउने तथा पैदल यात्रीमा दुर्घटनाको ठूलो जोखिम बढेको छ,’ ज्ञापन पत्रमा भनिएको छश्र

धुलो उडेर पसल तथा घरमा राखिएको खानेकुरा धुलाम्य हुने, धुलोले बाटोमा हिँड्ने अवस्था नरहेको, धुलोको कारण कतिपय मानिसमा स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको स्थानीयले बताए।

त्यस्तै मिक्स ग्रेभल भण्डारण स्थलदेखि उद्योगसम्म जाने बाटोमा रहेका सात वटा सामुदायिक विद्यालयका चार हजार बालबालिका दुर्घटनाको जोखिममा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। त्यति मात्र नभई अनियन्त्रित टिपरले चर्को आवाजले हर्न बजाउँदा ती विद्यार्थीको पठन-पाठनमा समेत असर पारिरहेको छ।

मधेस प्रदेश सरकारले नदीजन्य पदार्थ संकलन र उपभोगका लागि  कार्यविधि २०७५ बनाएको छ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ढुवानी गर्ने र सो अवधिमा सडकमा दैनिक पानी लगाउनुपर्ने, धुलो नउडाई टिपरमा ओभरलोड नगर्ने, बजार स्कुल र गाउँ क्षेत्रभित्र १५ देखि २० को गतिमा हर्न नबजाई ढुवानी गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

तर उद्योगीहरूले कार्यविधिको कुनै वास्ता नगरी विपरीत गर्दै टिपर आतंक सिर्जना गरेको स्थानीयको भनाइ छ। केही समयअघि तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर-९ का ५५ वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै, गत ५ गते एउटा तीव्र गतिमा रहेको ओभरलोड टिपरको टायर विजयपुर बजार क्षेत्रमै पड्किँदा गिट्टी-ढुङ्गा उछिट्टिएर ६ जना घाइते बनाएको ज्ञापन पत्रमा भनिएको छ। तथापि, प्रदेश सरकारको कार्यविधि अनुसार टिपर सञ्चालन सहज बनाउन ज्ञापन पत्रमार्फत् माग गरिएको छ।

‘चार दिनभित्र माग पूरा नभएमा टिपरको ढुवानी सेवा बन्द गरी बाध्य भएर सडक आन्दोलनमा उत्रने छौं र केही अप्रिय भएमा त्यसको जिम्मा नियमनकारी निकायले लिनुपर्ने छ,’ ज्ञापन पत्रमा भनिएको छ।

यादवको नेतृत्वमा रामउद्धार साह, राजनारायण साह, प्रेम शंकर साह, रामस्वार्थ महतो, नरेन्द्र साह, राजकुमार साह, सहिन्द्र साह, रामनारायण साह, जगरुल महमद, सरयुग साह, उपेन्द्र यादव, जोगी राय यादव लगायत दुई दर्जन भन्दाबढी मानिस इलाका प्रहरी कार्यालय विजयपुर पुगेका थिए।

फतुवा विजयपुरस्थित सञ्चालन रहेका तीनमध्ये एउटा क्रसर वर्तमान प्रदेश सरकारका मन्त्रीको, अर्को उद्योग उनको आफन्तको रहेको र तेस्रो एक जना माओवादी पार्टीका नेताको रहेको कारण लामो समय देखि मनपरी गर्दै आएको दाबी गाउँलेले गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.