जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन
काठमाडौं, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।
जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।
भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ । भूकम्पबाट भएकाे सम्भावित क्षातिकाे अवस्था अवलाेकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएकाे पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
