गरिब विद्यार्थीको शुल्क दुरुपयोगमा रामप्रसाद जनता क्याम्पस प्रमुख साहकै संलग्नता
सिरहा । सिरहाको गोलबजार नगरपालिका-४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहको मनपरीतन्त्रले पराकाष्टा नाघेको छ। जसकाे उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदै गरेको ‘पञ्चवर्षीय कार्यायोजना निर्माण गोष्ठी’ हो।
क्याम्पसको ‘पञ्च वर्षीय कार्यायोजना निर्माण गोष्ठि’ निर्माण योजनाजस्तो महत्वपूर्ण विषय क्याम्पसका शिक्षक र समितिलाई जानकारी छैन। एउटै कार्यक्रममा जाने मौखिक निम्तोहरुमा सबैलाई फरक–फरक प्रकारले सूचना गराइएको छ।
क्याम्पस प्रमुख साहले सहायक प्रमुख श्यामकुमार सिंहलाई विषय नै जानकारी नगराई हिजो आईतबार जनकपुर जाऔं भने आज हिँड्ने बेलामा बर्दिवास जानु पर्छ भने। सहायक प्रमुख महतोले भने, ‘मलाई हिजो मौखिक रुपमा जनकपुर जाऔं भन्नु हुन्थ्यो। आज बिहान बर्दिवास जाऔं भन्नु भयो। मैले जानकारी नै नभएको विषयमा म जान्न भने। म गइनँ।’
क्याम्पस सञ्चालक समितिका सदस्य रामचन्द्र महतोले आफूलाई हिजो २ बजेमात्र बर्दिवासमा बैठक छ भनेर फोनमा जानकारी गराउनु भएको थियो, मैले क्याम्पसको बैठक क्याम्पसभन्दा बाहिर किन राख्नुपर्यो, क्याम्पसमा हो भने आउँछु। बर्दिवास म जान्न भनेको बताए। महतोले भने, ‘म बर्दिवासमा छ भन्ने वित्तिकै जान्न भनिदिएँ। गरिब विद्यार्थीबाट असुलेको रकम हिनामिना गर्ने खेलको साक्षी किनारमा मलाई बस्नु छैन। म त्यसैले बर्दिवास गइनँ ।’
‘राजनीतिक आडमा क्याम्पस प्रमुख साहले ठूलो रकम हिनामिना गरेको अझै छानविन हुन सकिरहेको छैन। क्याम्पस प्रमुख कै आधिकारितामाथि प्रश्न उठिरहेको छ भन्दै महतोले भने, ‘क्याम्पसमा बसेर यी समस्या समाधान गर्नुको साटो गरिब विद्यार्थीबाट असुलेको रकम उडाउन, हिनामिना गरेको रकम मिलान गर्न सञ्चालक समितिलाई फकाउने प्रपञ्चमात्र हो, तपाईंहरुले भनेपछि मैले जानकारी पाएको आजको पञ्चवर्षीय योजना तर्जुुमा बैठक।’
क्याम्पस सञ्चालक समितिका अर्का सदस्य विजयकुमार साहले पनि बर्दिवासमा हुने बैठकमा आफूले उपस्थित नहुने जानकारी गराईं सकेको बताए। उनले भने, ‘बर्दिवासमा बैठक छ भनेर मलाई क्याम्पस प्रमुखले जानकारी गराउनेवित्तिकै मैले म बर्दिवासमा हुने बाँडफाँडको बैठकमा जादिन भनिदिएको छु। म बैठकमा उपस्थित छैन।’
आफैले अध्यापन गराईरहेको क्याम्पसको पञ्चवर्षिय योजना निर्माण बैठक हुँदै गर्दा यहाँका शिक्षकहरुलाई समेत जनकारी छैन। क्याम्पसका शिक्षक मनोजकुमार साहलाई आज क्याम्पसको बर्दिवासमा केको बैठक रहेछ? भनी सोध्दा उनले भने, ‘स्ववियु निर्बाचनको विषयमा छलफल गर्न गएको भन्ने मैले जानकारी पाएको छु। हिजोबाट त्यही विषयमा छलफल भइरहेको थियो। त्यही होला।’
प्रमुख साहका निकटतम मानिने क्याम्पस प्रध्यापक संघका अध्यक्ष प्रदीपकुमार साहले भने ‘पञ्चवर्षीय योजना निर्माणको कार्यक्रम रहेको सुनेको बताए। उनले भने, ‘मलाई पनि सवै जानकारी छैन। तर, मैले पञ्चवर्षिय योजना निर्माण बैठक हो भन्ने सुनेको छु। समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरु उपस्थित हुने कार्यक्रम छ।’ गोष्ठीमा सहभागी हुन गईहेका धेरै शिक्षक, विद्यार्थी र समितिका प्रतिनिधीलाई पनि विषय जानकारी नहुनुले क्याम्पस प्रमुखको मनपरीतन्त्रलाई उदांगाे बनाएको छ।
क्याम्पस प्रमुख साहले भने अन्य अतिथि, क्याम्पसका प्रमुख प्रतिनिधिहरु पनि उपस्थित हुने भएकाले बर्दिवासमा कार्यक्रमको आयोजना गरेको बताए। उनले सवैलाई यो विषय जानकारी भएको पनि दावी गरे। गरिब विद्यार्थीलाई सहुलियत शुल्कमा उच्च शिक्षा दिने मनसायले स्थापना भएको क्याम्पसमा अहिले निश्चित शिक्षक र सञ्चालक समितिको स्वार्थले विद्यार्थी मारमा परेका छन्। विद्यार्थीबाट उठेको रकम खर्चगर्ने ठाउँ खोजिरहेका छन्। उनले सवै कार्य राजनीतिक आडमा गरिरहेका छन्। उनी एमाले निकट प्रध्यापक संगठनमा आवद्ध छन्। क्याम्पस प्रमुख साह तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालय धनगडीमाई १२ बिष्णुपुरकट्टीका स्थायी मावि शिक्षक पनि हुन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
