Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २१
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

काठमाडौं । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो ।

विभिन्न माध्यमबाट अमेरिका पुगेर लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बुझिएको छ । कागजातविहीन त्यस्ता नेपालीलाई पहिलोपटक विमान चार्टर गरी ल्याइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।

Top Changing Nepal

युट्युब सट्स