एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !
सिरहा । आगामी चैत्र ७ गतेबाट शुरुहुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय ईकाई सिरहाका कर्मचारीले निजि विद्यालयहरुसंघ अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा परिक्षा शाखा प्रमुख विशाल साह कानुले निजि विद्यालयहरुसंग पायक पर्ने ठाँउमा सेन्टर मिलाईदिने भन्दै व्यापक रकम असुलेको तथ्य बाहिरिएको हो ।
शिक्षा विकास तथा समन्वय ईकाईका परिक्षा शाखा प्रमुख साह कानुले संस्थागत विद्यालयहरुसंग १५ जना भन्दा कम विद्यार्थी भए प्रति विद्यार्थी एक हजारको दरले र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुसंग प्रत्येक विद्यार्थी पाँचसयको दरले रकम असुलेको निजिविद्यालयका संस्थापकहरु बताउछन्।
एसईई परिक्षा केन्द्र मिलाउन कति खर्च लाग्यो सर ? पायक पर्ने ठाँउमा सेन्टर पर्यो कि परेन ? प्रश्नमा सिरहाका एक संस्थागत विद्यालयका संस्थापकले भने, ‘जम्मा ८५ जना विद्यार्थीको लागि शिक्षा विकास तथा समन्वय ईकाईका परिक्षा शाखा प्रमुख विशाल साह कानुलाई आफुले ४५ हजार रकम दिएको नाम नखोल्ने शर्तमा बताए । उनले भने, ‘मैले भनेकै ठाँउमा परिक्षा केन्द्र मिलाई दिन्छु भनेपछि विद्यार्थी संख्याकै आधारमा विशाल सरलाई पैसा दिएको थिए । तर, वहाँले परीक्षा केन्द्र निर्धारणमा बैईमानी गर्नु भयो । म त छोड्दिन् । दिएको रकम फिर्ता नगरे आफु पत्रकार सम्मेलन गरी सबै भित्रिकुरो सार्वजानिक गर्ने बताए।’
अर्का निजि विद्यालयका संस्थापक भन्छन्– ‘शिक्षा विकास तथा समन्वय ईकाईका कर्मचारीहरु जो आएपनि ब्रहमलुट नै मचाउन खोज्छन्। उनी भन्छन्, ‘सिरहामा जो जोगी आएपनि कानै चिरेको कथा झै बनेको छ;सिरहाको शिक्षा समन्वय ईकाई। विना घुस काम नगरेपछि बिद्यालयहरुले पनि बाध्य भएर विद्यार्थीहरुसंग बढी रकम लिने गरेको जनाए ।
आज सार्वजानिक गरेको परीक्षा केन्द्रहरु मध्ये गोलवजार नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ। यो नगरपालिकामा ७ सामुदायीक र १४ वटा संस्थागत विद्यालयको करिव ९ सय पचास परिक्षार्थी परीक्षामा सहभागी हुदै छन्। यो विद्यार्थीलाई यस पालिकाको परीक्षा केन्द्रमै राख्ने ठाउँ प्रयाप्त छ। तर, संस्थागत विद्यालय र इकाई कर्मचारीलाई आर्थिक प्रभावमा पारी पालिका बाहिरका परीक्षा केन्द्रमा लगिएको छ। यसले पनि परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक चलखेल भएको पुष्टि गर्ने प्रयाप्त आधारहरु बनेको छ।
गोलबजारमात्र हैन लहान, मिर्चैया, धनगढी, सिरहरमुकामका नाम चलेका निजी विद्यालयहरुले आफूले चाहेको ठाउँमा परीक्षाकेन्द्र पाउनुले पनि झेलभएको प्रष्ट हुन्छ । यसै विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनी परिक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा दुवैजनाको मोवाइल नम्वर स्विच अफ गरेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सिरहाबाट १० हजार सात सय तीन जना विद्यार्थी सहभागी हुने भएका छन् । सामुदायिक ९५ र ९३ वटा संस्थागतसहि १८८ विद्यालयहरु परीक्षामा सामेल हुने समन्वय इकाई सिरहाले जानाएको छ।
परीक्षालाई व्यवस्थित, मर्यादित र परीक्षार्थीलाई सहुलियत हुनेगरी ४९ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ। गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक धारकालागि छुटै एउटा परीक्षा केन्द्रसहित ६ वटा केन्द्रहरु थपीएको ईकाईले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
