बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।