रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ।
विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायम मुद्दामा फरार रहेका दिनेशमान श्रेष्ठ, शेख अल्लाहुदिन, महमद हैदरअली, शेखरमान श्रेष्ठ, रामएकवाल चौधरी, नारायण प्रसाद घिमिरे, जुमराती अन्सारी, इदन खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा रामाकृत प्रसाद गुप्ता, शेख रहामुल्ला, शेख ताहिद, राजिन्द्र चौधरी, सुनिता देवी, पृथ्वीनारायण महतो कोइरी, र सनेलाल भगत लगायत रहेको प्रवक्ता रायले जानकारी दिए।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत यस आर्थिक वर्षको साउनदेखि फागुन २२ गतेसम्म ८ सय भन्दाबढी फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
उता विभिन्न नाकाहुँदै भन्सार छलेर भित्र्याइएको दुई लाख ९० हजार २९० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, पाँच थान गाई र तीन वटा मोटरसाइकल बरामद गरी आवशयक कारबाहीको लागि बिहीबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
