• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • ९. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला बिक्री

काठमाडौं । महिलालाई दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठीमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका-६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौं तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई मनमैजुबाट फागुन २१ गते र २३ गते तारकेश्वरबाटै सोमबहादुरलाई पक्राउ गरेको हो। दुबै जनालाई पक्राउपछि आइतबार पत्रकार सम्मेलन गरी ब्युरोले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङद्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए।

कुँवरका अनुसार उनीहरूले ललितपुरबाट महिलालाई सुरूमा कोटेश्वर ल्याए। कोटेश्वरबाट झापा काँकडभिट्टाको बाटो हुँदै दार्जिलिङ पुर्‍याए। ‘त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्र पुर्‍याएको अनुसन्धानमा खुलेको छ,’ कुँवरले भने।

त्यसपछि उनीहरूले महिलालाई महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियामा पुर्‍याएका थिए। ‘उक्त रेडलाइट एरियाको कोठीमा पुर्‍याएर उनीहरूले महिलालाई व्यावसायिक रूपमा बेश्यावृत्तिमा लगाएका थिए, ती महिलालाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो,’ कुँवरले पत्रकार सम्मेलनमा भने।

उद्धारपछि नेपाल आएर ती महिलाले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धान अनुसार दुबै महिलालाई निरिमाया घलानको नाममा नक्कली नागरिकता परिचय पत्र बनाएर काँकडभिट्टा पुर्‍याइयो। ‘बोर्डर पार गर्ने बेलामा कसैले सोधे यो कार्ड देखाउनु भनेर महिलालाई भारत लगिएको थियो,’ कुँवरले भने।

दार्जिलिङ, कलकत्ता र दिल्ली हुँदै महाराष्ट्रको पुनेमा लगेपछि महिलालाई कोठीमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको कुँवर बताउँछन्। कोठीमा पुर्‍याएपछि उनीहरूले महिलालाई १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए। कोठीमा बिक्री भएपछि ती महिलालाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो।

ती महिलाले सँगै कोठीमा काम गर्ने महिलाको सहयोगमा नेपालमा आफ्ना श्रीमानलाई फोन गरे। त्यसपछि उद्धारको याचना गर्दै श्रीमानहरू ब्युरोमा निवेदन दिन पुगेका थिए। ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलालाई उद्धारको पहल गरेको थियो। ती महिला भारतीय प्रहरीलाई बसको टिकट काट्न लगाएर सुगौलीसम्म आएर नेपाल छिरेका थिए।

मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी जेलबाट छुटेका थिए। उनलाई सुरू अदालतले १० वर्ष कैद सजाय तोकेको थियो। उच्च अदालतले सजाय घटाएर पाँच वर्ष तोकेपछि मानबहादुर कैदमुक्त भई पुन: मानव बेचबिखनजन्य कार्यमा संलग्न भएको पाइएको छ।

कुँवरका अनुसार त्यो अपराधमा संलग्न अर्का प्रतिवादी सञ्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा हाल नख्खु कारागारमा रहेका छन्। अहिले पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले बताए।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भएको र त्यसमा २० जना महिला र ६३ जना पुरुष पक्राउ परेको जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.