सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका दिन १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो ।
सम्बन्धित समाचार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
