जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
सिरहा । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिवार राती पक्राउ गरेको हाे ।
करिव २ वर्ष अगाडी माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) मिल मै कामगर्ने एकजना कामदारलाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेको थियो। साहले करोडौंको चलखेल गरि उक्त मुद्दामा सफाइ पाएका थिए।
साहमाथी फागुन २७ गते नै जबर्जस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनले भने, ´साह लुकिछिपी बस्दै आएका थिए।’
प्रहरी देखे पछि भाग्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार- ४ सातपत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘जवरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।´
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
